पिच्कारीको इमोजी

- विभु लुइटेल

सामसुङ, एप्पल, ट्वीटरजस्तै गुगलले पनि आफ्नो इमोजी किबोर्डबाट पेस्तोल हटाई पिच्कारी बन्दुकको इमोजी राख्न थालेको छ । केही समयपछि फेसबुक र माइक्रोसफ्टले पनि उक्त कार्य गर्ने बताइएको छ । हिंसालाई बढावा नदिन यी सबै प्रमुख प्लेटफर्ममा यस्तो इमोजी लागू गर्न लागिएको हो । गुगलले पहिले पनि 

केही विवादास्पद इमोजीलाई प्रतिस्थापित गरेको थियो ।

 

प्रकाशित: वैशाख १८, २०७५