गुगल प्ले म्युजिकलाई माथ गर्दै युट्युब रिमिक्स

- विभु लुइटेल

गुगलले प्रदान गर्दै आएको गुगल प्ले म्युजिक सेवा सन् २०१८ को अन्त्यसम्म बन्द हुने भएको छ । यसको ठाउँमा गुगलले आफ्नो भ्रातृसंस्था युट्युबद्वारा निर्मित युट्युब रिमिक्स प्रयोग गर्नेछ । स्पटिफाई र एप्पल म्युजिकका लागि युट्युब रिमिक्स कडा प्रतिस्पर्धी हुने अनुमान गर्न थालिसकिएको छ ।

अरु म्युजिक एप्लिकेसनका तुलनामा युट्युब रिमिक्स धेरै स्मार्ट हुने बताइएको छ । केही गीत निसकेपछि फोन प्रयोगकर्ताको रुचिलाई यसले रेकर्ड गर्नेछ । र, तिनै विधाका अन्य गीत सुन्न सुझाव दिनेछ । यसको प्रयोगले मोबाइल एप्लिकेसन र आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्न सक्ने जानकारहरु बताउँछन् । यसका अतिरिक्त फोन कुन स्थानमा छ भन्ने पहिचान गरी त्यस स्थानमा प्रचलित गीत सुन्न पनि युट्युब रिमिक्सले सुझाउनेछ ।

 

प्रकाशित: वैशाख १७, २०७५