‘वीरेन्द्र बियर’को विरोधपछि उत्पादकको स्पष्टीकरण

- नेपाल संवाददाता

राजा वीरेन्द्रको तस्बिर अंकित ‘ वीरेन्द्र बियर’को धेरै विरोध भएपछि उत्पादक स्वीस कम्पनी टर्बिननब्राउले स्पष्टीकरण दिएको छ । कम्पनीका मालिक एड्रियन वेबरले नेपालमा धेरै रुचाइएका राजाका नाममा केही उत्पादन ल्याउँदा यसले दुई देशको सम्बन्ध अझ सुदृढ पार्दै लैजान सक्ने ठानेका रहेछन् । तर, सामाजिक सञ्जालमा थुप्रै विरोध भएको देख्दा आफू अचम्ममा परेको बताएका छन् । ‘नेपालमा एभरेस्ट र गोर्खा नाम गरेका बियर उत्पादन हुन्छन् तर तिनको विरोध कसैले गर्दैनन्,’ वेबरले निराशा व्यक्त गरेको स्वीस इन्फोमा उल्लेख छ ।

प्रकाशित: वैशाख १६, २०७५

ट्याग: विदेश