सम्पदाको नयाँ जीवन

- शब्द/तस्विरः केशव थापा

नेपालमा विनाशकारी भूकम्प गएको ३ वर्ष पूरा भएको छ । त्यसबेला विश्व–सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रका क्षतिग्रस्त मठ–मन्दिर हरुको पुन: निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । केही मन्दिरहरु पुन:निर्माणपछि पुरानै रुपमा ठडिसकेका पनि छन् । तस्बिरमा देखिएको मन्दिर भने भूकम्पका बेला भत्किएको श्री वत्सला दुर्गा मन्दिर हो । १ करोड २८ लाख रुपियाँ अनुमानित खर्च भनिएको यस मन्दिरको पुन:निर्माण २० कात्तिक ०७३ बाट सुरु भएको हो । यसको ७० प्रतिशत काम सकिएको छ ।

 

 

प्रकाशित: वैशाख १२, २०७५

ट्याग: चित्रपट