पाएजति सबै

- नेपाल संवाददाता

फिल्म संख्यालाई मात्र आधार मान्ने हो भने प्रियंका कार्की नायिकाहरुमध्ये सबैभन्दा अगाडि छन् । तर, गुणात्मक रुपमा प्रियंकालाई साख जोगाउनै हम्मे–हम्मे पर्न थालेको छ । एकातिर सहायक भूमिकामा सीमित भएकी छन्, अर्कातिर मुख्य भूमिकामा अभिनय गरेका एकाध फिल्म बक्स–अफिसमा चिप्लिरहेका छन् । यही बेला प्रियंकालाई अर्को तनाव थपिएको छ, १४ वैशाखमा एकसाथ उनका दुई फिल्म कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज रिलिज हुँदैछन् । यसो हुँदा प्रचारमा संकट त आइलागेकै छ, दर्शक झुक्किने भय पनि उत्तिकै छ । अझ विडम्बनाचाहिँ, दुवै फिल्मको प्रमोसनमा उनको अपेक्षाकृत उदारता देखिएको छैन । यस्तो रवैयाले बचेको झिनो साख पनि धुमिलिने त होइन ? शंका उब्जिन थालेको छ । भलै पाएजति फिल्म खेल्ने सूत्रबाट उनी टसमस देखिन्नन् ।

प्रकाशित: वैशाख ९, २०७५

ट्याग: मनोरञ्जन