घट्यो साख

- नेपाल संवाददाता

बितेको वर्ष सौगात मल्लका पाँच फिल्म प्रदर्शन भए, झ्यानाकुटी, पञ्चेबाजा, संरक्षण, मेरो पैसा खोइ र फाटेको जुत्ता । एकै वर्ष एउटै अभिनेताका यति धेरै फिल्म रिलिज हुनु आफैँमा दंग भइहाल्नुपर्ने कुरा होइन । त्यसमाथि सौगातका कुनै फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन्, न त सकारात्मक प्रतिक्रिया नै पाए । बरु, कथावस्तु र चरित्र छनोटमा चुकेको भन्दै सौगातले चर्को आलोचना खेप्नुपर्‍यो । तैपनि, ‘पाएजति फिल्म खेल्ने’ रणनीतिबाट अझ टसमस भएको देखिन्नन् । यही कारण हुनुपर्छ, हिजोसम्म उनलाई काम गराउन मरिहत्ते गर्ने फिल्मकर्मी बिस्तारै तर्कन थालेका छन् । एक निर्देशक भन्छन्, ‘सौगातको साख ओरालो लाग्दा उनको करिअर डामाडोल त हुन्छ नै, फरक गर्छु भनेर आएका नयाँ कलाकार पनि हतोत्साही हुन्छन् । संकेत त्यस्तै देखा पर्दैछ ।’ 

 

प्रकाशित: वैशाख ४, २०७५