आश हराएको हो ?

- नेपाल संवाददाता

कृ प्रदर्शन नहुँदासम्म अदिति बुढाथोकी ‘हटकेक’ थिइन् । इन्स्टाग्राममा अपलोड गरेका तस्बिरबाटै उनले प्रशस्त फ्यान कमाइन् । मुम्बईमा मोडलिङ गरेको अनुभव छँदै थियो । सोही कारण उनलाई ‘भविष्यकी स्टार’का रुपमा हेरिएको थियो । कृ खेल्नुअगाडि उनले अनमोल केसीको ड्रिम्सको प्रस्ताव अस्वीकार गरेकी थिइन् । तर, जसै कृ रिलिज भयो, अदितिको ‘क्रेज’ उडेर गयो । एर्कातिर, फिल्मले बक्स अफिसमा अपेक्षाकृत कमाल गरेन । अर्कातिर, जति चल्यो, जसजति सबै अनमोलले पाए । अदितिको त अभिनय मात्र होइन, सौन्दर्यको समेत चर्चा भएन । पर्दामा उनको उपस्थिति साँच्चै फिक्का थियो । उनले ‘ अदा’ पस्कनै सकिनन् । त्यसैले त अर्को फिल्म कहिले पाउँछिन्, टुंगो छैन । विचरी !

 

प्रकाशित: वैशाख ३, २०७५