प्रधानमन्त्रीका गहना

- सूर्जे नेवा:

नेपालीको बानी– कुतर्क गर्ने जानी/नजानी । जेमा होस्, प्याच्च बोल्नैपर्ने । पायो कि थुचुक्क बस्ने गरी ठोक्नैपर्ने । हालै प्रधानमन्त्रीले भारत भ्रमणमा राजेश हमाल र दिनेश डिसीलाई लगेको विषयमा यस्तै हुर्मत लिइहाले नेपाली जनताले । कलाकार भनेका राष्ट्रका गहना हुन् । यो कुरा भनिरहनुपर्ने विषय होइन । अब यसो विदेश घुम्दा दुई थान गहना लगाएर गए त केपी कमरेडले के बिगारे ? जस्तो लगाएर गए, स्वदेश फर्किएर फुकाले । गहना लैजाँदा खर्च कति लाग्यो ! गहनाले सौन्दर्यमा निखार ल्यायो कि शरीरमा बुखार ल्यायो, त्यो त थाहा भएन । तर, एउटा कुरा भने शतप्रतिशत सत्य छ । त्यो हो– खेल खतम, पैसा हजम । 

 

प्रकाशित: वैशाख ३, २०७५