संख्या मात्र धेरै

- नेपाल संवाददाता

कोही फिल्म हिट हुँदा पनि पाखा लाग्छन्, कसैलाई फ्लप हुँदा पनि भ्याइनभ्याइ हुन्छ । हिरोइन मरिष्का पोखरेल दोस्रो कोटिमा पर्छिन् । जस्तो : उनको डेब्यु फिल्म के म तिम्रो होइन र त असफल भइहाल्यो, त्यसपछि प्रदर्शित चपली हाइट २ ले पनि माखो मार्न सकेन । करिअरको सुरुआतमै लगालग दुई ठेस लाग्दा मरिष्कालाई चोट लाग्नुपर्ने हो । तर, यथार्थ भिन्न छ । उनी अभिनीत चार फिल्म पाइप लाइनमा छन्, लम्फु, पण्डित बाजेको लौरी, साली कसको भेनाको र मिस्टर भर्जिन, जसमध्ये लम्फु २८ वैशाखमा रिलिज हुँदैछ । महिना दिनभन्दा थोरै समय बाँकी हुँदा बल्ल प्रमोसन सुरु गरिएको छ । त्यसमा पनि मरिष्काको खास सक्रियता देखिएको छैन । घाटा कसलाई होला ? धेरै फिल्म खेल्नु मात्र त पक्कै सफलता होइन होला ! 

 

प्रकाशित: वैशाख २, २०७५