आफ्नै हिरोलाई व्यंग्य

- नेपाल संवाददाता

प्रदीप खड्का प्रेमगीतबाट आमदर्शकमा चिनिए, पल शाह म यस्तो गीत गाउँछुबाट । दुवै फिल्मका निर्देशक हुन्, सुदर्शन थापा । रमाइलो कुरा, आपैँmसँग काम गरेका यी दुई अभिनेतामाथि सुदर्शनले व्यंग्य कसेका छन् । कारण यस्तो छ, पलले एक अन्तर्वार्तामा भनिदिए, ‘हामी तीन–चार जनाले मात्र फिल्म उद्योग धान्न सक्दैनौँ । हामीजस्ता नायक अझ १०–१२ जना चाहिन्छन् ।’ जबकि, पलको अपरिपक्व अभिनयको निकै आलोचना हुन्छ । उनले यसो भनिरहँदा प्रदीपचाहिँ ‘ हो मा हो’ मिलाइरहेका थिए । पल र प्रदीप यही कारण ‘ट्रोल’को सिकार भए । किनभने, कामको स्तरभन्दा घमन्ड हाबी भयो । त्यही भिडियो फेसबुकमा पोस्ट गर्दै सुदर्शनले लेखेका छन्, ‘फिल्म बोलबच्चन भएर चल्दैन, अभिनयले चल्छ । याद गर्नू ।’ सुदर्शनको भनाइ आपैँmमा गलत होइन । तर, यहाँ बिर्सन नहुने पक्षचाहिँ प्रदीप र पलसँग उनको सम्बन्ध सुमधुर छैन । 

 

प्रकाशित: चैत्र २७, २०७४