वर्षका १० आख्यान

- नेपाल संवाददाता

पाठशाला

तीर्थ गुरुङकृत उपन्यास पाठशालामा एक स्कुले ठिटोको डायरीमार्फत परिवार, समाज र शिक्षा क्षेत्रको टेढोमेढो चित्र छ ।

कठपुतला

तथ्य र स्वैरकल्पना घोलिएको अर्चना थापाको कथासंग्रह कठपुतलाका आठवटै कथा शीर्षक, पात्र र कथानकमा फरक छन् ।

रानीवन

कृष्ण गौतमको उपन्यास रानीवनमा युवक र युवतीको एकदिने डेटिङको झिनो कथानकमार्फत नयाँ पुस्ताको समाजदृष्टि प्रस्तुत छ ।

योगमाया

नीलम कार्कीको उपन्यास योगमायामा नारी विद्रोहकी प्रतीक मानिने योगमाया न्यौपानेको जीवनलाई तथ्य, कथ्य र कल्पनाको माध्यमबाट पुनर्लेखन गरिएको छ ।

हजार माइलको बाटो

काठमाडौँको काँठेली जनजीवन खिपिएको नारायण ढकालको उपन्यास हजार माइलको बाटोले माओवादी विद्रोहको अँध्यारो पाटोलाई आख्यानीकरण गरेको छ ।

भुइँखाट

महेशविक्रम शाहको कथासंग्रह भुइँखाटमा मानवीय संवेदना, सामाजिक र राजनीतिक विडम्बनाका

साथै युद्धका अभिघात समेटिएको छ ।

अविजित

विप्लव प्रतीकले अविजित उपन्यासमार्फत नेपालको वामपन्थी आन्दोलनले बिर्सिएको एक गुमनाम पात्रलाई नायकको हैसियत दिएका छन् ।

नथिया

सरस्वती प्रतीक्षालिखित पश्चिम नेपालको वादी बस्तीको कथानक समेटिएको यो उपन्यासले नारीलाई स्व–अस्तित्वको खोजका निम्ति प्रेरित गरेको छ ।

ऐलानी

वादी महिलाका कारुणिक कथाको मार्मिक विम्बसहित विवेक ओझाले ऐलानी उपन्यासमा भोक, भोग र सम्भोगको त्रिकोण तयार पारेका छन् ।

स्वप्निस्तान

सपनामाथि लेखिएका ४७ लघुकथामार्फत सुमन सौरभले सूक्ष्म कथादृष्टिको दृष्टान्त पेस गरेका छन् ।

प्रकाशित: चैत्र २६, २०७४

ट्याग: पुस्तक