वर्षका १० गैरआख्यान

- नेपाल संवाददाता

दोचा

भाषा, विधा र शैलीमा विनिर्माण गर्न पोख्त कुमार नगरकोटी दोचामा पनि पात्र र घटनाको गठजोडबाट पाठकलाई आफूसँगै डोर्‍याउँछन् ।

रजगज

वैधानिक निकायबाट राज्यकोषमा अवैधानिक हात लम्ब्याउनेहरुको सत्यतथ्य हरिबहादुर थापाको रजगजमार्फत उजागर भएको छ ।

समाजवादको यात्रा

डम्बर खतिवडाको समाजवादको यात्रा पुस्तकमा नेपाली वामवृत्तभित्र समाजवादको केन्द्रीयतामा हुने गलत क्रियाकलापको चित्रण छ ।

माङ्गेना

सत्ताको सहजता र अनुकूलनमा लेखिएका इतिहासमा लुकाइएका सीमान्तकृत व्यथाको अनावृत्त छ, युग पाठकको माङ्गेनामा ।

भुइयाँ 

सरदर जीवनयापनका खातिर संघर्षरत किनारीकृतहरुको आँसुको लिपि हो, यज्ञशको भुइयाँ ।

लालटिनको उज्यालोमा

नेपाली समाजमा महिलाले पुरुषसँगै सहअस्तित्वको दाबी गर्न कति कठिन र चुनौ तीपूर्ण छ भन्ने कुराको ज्वलन्त साक्ष्य हो, सरस्वती ज्ञवालीको लालटिनको उज्यालोमा ।

भूमण्डलीकरण र साहित्य

बजारमुखी उपभोक्तावादले गाँजेको सांस्कृतिक वर्चस्वको विपक्षमा छ, अमर गिरीको भूमण्डलीकरण र साहित्य ।

यार

नयनराज पाण्डेले यारमा गाढा–धूमिल, तीता–मीठा यादहरुको तस्बिर खिचेका छन् ।

महको म

जीवनको लामो हिस्सा कला–संगीतमा बिताएका कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नै विगतलाई फर्केर हेरेको पुस्तक हो, महको म ।

नीपजन र नेपाल

नेपाल शब्दको व्युत्पत्ति–इतिहासमा केन्द्रित छ, दिवाकर आचार्यको नीपजन र नेपाल ।

प्रकाशित: चैत्र २६, २०७४

ट्याग: पुस्तक