अमेरिकाले फर्कायो चोरिएका मूर्ति

- नेपाल संवाददाता

अमेरिकामा अवस्थित एक कला संग्रहालयले तीन दशकअघि नेपालबाट चोरी गरी त्यहाँ पुर्‍याइएका बुद्ध र उमामहेश्वरका मूर्ति फिर्ता गरेको छ । उमामहेश्वरको मूर्ति टंगालहिटी, पाटनबाट सन् १९८० मा चोरी भएको थियो भने बुद्धको मूर्ति एट्खाटोलबाट सन् १९८६ मा चोरी भएको थियो । फिर्ता गरिएका मूर्ति अहिले छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका छन् ।

‘लैनसिंह वाङ्देलको पुस्तक स्टोलन इमेजेज अफ नेपालमा उल्लेख नभइदिएको भए हामीलाई यी मूर्ति कहाँ छन् भन्ने पनि थाहा हुँदैनथ्यो,’ पुरातफ्व विभागका प्रमुख अधिकृत श्यामसुन्दर राजवंशीले भनेका छन् ।

भारतीय समाचार संस्था द हिन्दुले लेखेको छ, ‘नेपालमा ऐतिहासिक महत्व बोकेका सम्पदाको संरक्षण कार्यले धेरै महफ्व पाइरहेका छैनन् । यस्ता लापरबाही नरोकिए कला–संस्कृति संरक्षण तथा प्रवद्र्धनका निम्ति नेपालले पाउँदै आइरहेको सहयोग भविष्यमा खोसिन सक्ने चेतावनी युनेस्कोले नेपाललाई दिइसकेको छ ।’

प्रकाशित: चैत्र २५, २०७४