कुर्दाकुर्दै हैरानी

- नेपाल संवाददाता

व्यावसायिक रूपमा गाजलु औसत रह्यो । यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी सृष्टि श्रेष्ठले धेरथोर तारिफ बटुलिन् । एकाध अवार्ड पनि जितिन् । सोही कारण पूर्वमिस नेपालसमेत रहेकी सृष्टिको करिअरले गति लिने विश्वास गरिएको थियो । उनी आपैँm पनि उत्साही थिइन् । तर, दुई वर्ष बित्यो, उनको दोस्रो फिल्म प्रदर्शन हुन सकेको छैन । त्यसो त यसबीचमा उनले कुनै फिल्म भने नपाएकी होइनन् । रोमियो एन्ड मुनाको सुटिङ सकिएकै ६ महिना बित्यो तर प्रदर्शनको अत्तोपत्तो छैन । सविर श्रेष्ठ निर्देशित बाँध मायालेको हालत उस्तै छ । उता, दुवै फिल्म पोस्ट प्रोडक्सनमा अड्किएका छन् । यता, सृष्टिको करिअर अड्किएको छ । क्या फसाद !

प्रकाशित: चैत्र २५, २०७४