साम्राज्ञीको स्वीकारोक्ति

- नेपाल संवाददाता

यो समय स्टारडम भएकी हिरोइन कोही छ भने साम्राज्ञीराज्यलक्ष्मी शाह नै हो । ड्रिम्समा कमाल गरेर फिल्मवृत्तमा दरिलो पाइला राखेकी साम्राज्ञीको दोस्रो फिल्म ए मेरो हजुर २ पनि हिट भयो । दुवै फिल्ममा उनको लिडिङ रोल थियो । उनको छोटो भूमिका रहेको मंगलम्ले पनि लगानी उठायो । खासगरी फिल्ममा उनले सहरिया युवा पुस्ताको मन जितेकी छन् । नेपाली डायस्पोरामा उत्तिकै लोकप्रिय छिन् । कायरा नामक फिल्ममा १० लाख रुपियाँ पारिश्रमिक लिइन् । फिल्म तिमीसँग प्रदर्शनको पूर्वसन्ध्यामा उनले भनिन्, ‘मेरो कारणले मात्र फिल्म चल्दैन ।’ जबकि, हामीकहाँ अधिकांश कलाकारलाई हल्काफुल्का हिट हुनासाथ आफूलाई हेर्नकै लागि हलमा दर्शकको ओइरो लाग्छ भन्ने भ्रम हुन्छ । कम्तीमा साम्राज्ञी त्यो भ्रमभन्दा माथि रहिछन् । मान्नैपर्छ । 

 

प्रकाशित: चैत्र २२, २०७४