हमला–शृंखला

- महर्षि

वर्षौंदेखि पार्टीभित्र र बाहिरका विपक्षीविरुद्ध ‘वाक्–हमला’ गरेकै थिए केपी ओलीले । उहिले पार्टी फुट्दा वामदेव र सीपीलाई आच्छु–आच्छु पारे । माओवादी विद्रोह र लडाकूविरुद्ध प्रचण्डपथको सुरक्षित अवतरण नहुँदासम्म हमला गरिरहे । ०७२ मा भारतीय नाकाबन्दीमा नेपाली प्रधानमन्त्रीको कुर्सीबाट पाकिस्तानी प्रधानमन्त्रीसरह चुनौती दिए, भर्खरै ईयूको ‘मिसिनरी’ प्रतिवेदनविरुद्ध पनि त्यसै गरे । ओलीको वाक्–हमलाको सामना भाषणबाज प्रचण्डले त सकेनन्, शेरबहादुरको के कुरा ! माधवकुमार नेपाल र झलनाथ खनालहरु मैदानबाटै आउट भइसके । अब ठूला हमला सकिए क्यारे ! मुसहरका बालबालिकालाई विद्यालय भर्ना गरेर हमला गर्ने भन्दैछन्– सरकार अब अभियान हैन, हमला गर्छ ।

उसो भए हमलावाला धमलाको के हुन्छ ?

 

प्रकाशित: चैत्र २२, २०७४