विपत्तिलाई निम्ता

- शब्द/तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

५० भन्दा बढी ट्रयाक्टरले एकै ठाउँबाट बालुवा लोड गरिरहेको यो दृश्य वाँणगंगा, तिलौराकोट, कपिलवस्तुको हो । स्थानीयका अनुसार दुई–तीन महिनादेखि दैनिक यहाँ बालुवा निकालिँदैछ । यो तस्बिर रामघाट पुलबाट लिइएको हो । २ सय ४ मिटर लम्बाइ र ६ मिटर चौडाइको यो पुल तीन वर्षअघि मात्रै निर्माण गरिएको हो ।

अव्यवस्थित ढंगले दिनहुँ बालुवा निकाल्दा नदीको स्वरुप बिग्रन सक्ने र रामघाट पुल नै जोखिममा पर्न सक्ने स्थानीय बताउँछन् । थोरै राजस्वको लोभले स्थानीय सरकारले जथाभावी बालुवा–गिटी निकाल्ने अनुमति दिँदा नदीको बहाव परि वर्तन हुने र नदी कटानले थप प्राकृतिक विपत्ति निम्त्याउन सक्छ ।

प्रकाशित: चैत्र २१, २०७४

ट्याग: चित्रपट