‘नर्भस’ निर्मात्री

- नेपाल संवाददाता

कुनै समय केकी अधिकारी हिरोइनको सूचीमा अघिल्लो नम्बरमा पर्थिन् । फिल्म हिट हुन्थे । उनको अभिनय कौशल पनि रुचाइन्थ्यो । तर, केही वर्षयता केकीको करिअर ‘ट्रयाक’बाहिर छ । यो वर्ष पनि उनका लागि सुखद रहेन । हुर्रे, राज्जारानीजस्ता फिल्म पूर्णत: फ्लप भए । घामपानीले जेनतेन लगानी बचायो मात्र । यसले उनको क्रेज त ओरालो झरेकै छ, अभिनय यात्रामै अवरोध उत्पन्न भएको छ । तर, यही बेला केकी निर्मात्रीका रुपमा देखापरेकी छन्, कोहलपुर एक्सप्रेसमार्फत । फिल्म आउँदो १४ वैशाखमा प्रदर्शन हुँदैछ । फिल्ममा केकीको अभिनयसमेत छ । रिलिजको दिन नजिकिँदै गर्दा केकी भन्छिन्, ‘नभर्स छु ।’ नहोऊन् पनि कसरी, एकातिर लगानीको चिन्ता, अर्काेतिर करिअरको । 

 

प्रकाशित: चैत्र २१, २०७४