विरक्ति मात्र

- नेपाल संवाददाता

अनमोल केसी र प्रदीप खड्कापछि रुचाइएका चकलेटी हिरो हुन्, पल शाह । म्युजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका पलले १५ लाख रुपियाँको अफर ‘रिजेक्ट’ गरेका थिए, अनुरागबाट । उनलाई मनग्ये पारिश्रमिक दिएर काम गराउन खोज्ने निर्माताको कमी छैन । यिनै हिरोको चौथो फिल्म शत्रु गते व्यावसायिक रुपमा अब्बल दरियो । सुरुआती दिनबाटै हलमा दर्शकको भीड लाग्यो तर पल छायामा परेनन् मात्र, उनीप्रति विरक्ति नै पैदा भयो । मह जोडी, दीपकराज गिरी, दीपाश्री निरौलाजस्ता हास्य कलाकार रहेको फिल्ममा प्रमुख भूमिका पाए । तैपनि, पर्दामा सबैभन्दा कमजोर उपस्थिति उनकै रह्यो । म्युजिक भिडियोको ‘क्रेज’ले मात्र कति दिन थेग्ला पलजी ?  

 

प्रकाशित: चैत्र १९, २०७४