बडा दिन

- विनोद पाण्डे

एक महिनाअगाडि नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ छनोट खेलेको सम्झँदा जिब्रो टोक्नुपर्ने स्थिति आउँछ । कारण, नेपालले कुनै खेल जित्न सकेको थिएन । नेपालले जितेको ४ मध्येको ३ खेल अन्तिम ओभरमा थियो । त्यसमा २ खेलको निर्णय अन्तिम बलमा छिनोफानो भएको थियो । 

डिभिजन–२ को विश्वकप छनोटमा नेपाल धेरैको नजरमा कमजोर टोली थियो । १० राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पुछारमै थियो । जिम्बाबेसँगको पहिलो खेलमा ३ सय ८० रन खर्चेको नेपाल अर्को खेलमा स्कटल्यान्डसँग १ सय ४९ रनमै अलआउट भएको थियो । नेपालले यी खेल हारेर गुमाउनु केही थिएन । जितेको भए बोनस हुन्थ्यो । 

अफगानिस्तान र हङकङसँग समूह चरणका अन्तिम २ खेल नेपाललाई निकै महत्त्वपूर्ण थियो । राम्रो खेलेर पनि अफगानिस्तानसँग नेपालले अनुकूल नतिजा निकाल्न सकेन । अर्को एक पराजयले नेपाललाई डिभिजन–२ मा पुर्‍याउन सक्थ्यो । नेपालले त्यसपछि भने रवाफिलो प्रदर्शन गर्‍यो । बलिङ धारमा हङकङ र पपुवा न्यु गिनीलाई पराजित गर्दै नेपाल वानडे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्यो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २२ वर्षपछि नेपाल यो स्थितिमा पुगेको हो ।  एकदिवसीय क्रिकेट खेल्ने शीर्ष १६ राष्ट्रमा उभिएको नेपालले अब माथिल्ला १५ राष्ट्रसँग खेल्न सक्छ । वानडे अन्तर्राष्ट्रिय महत्त्व कति हो ? कप्तान पारस खड्काको भनाइ छ, “नेपाली क्रिकेटमा यो सबैभन्दा ठूलो दिन हो ।”

तस्बिर : आईसिसी

प्रकाशित: चैत्र ८, २०७४

ट्याग: चित्रपट