हल्का राहत

- नेपाल संवाददाता

दयाहाङ राईलाई फिल्मको रत्तिभर कमी छैन । कुनै समय राजेश हमाललाई जत्तिकै अहिले दयाहाङलाई फिल्मका प्रस्ताव आउँछन् । तर, फिल्म पाउनु मात्र अभिनेताको उपलब्धि होइन, मुनाफा कमाउनु महफ्वपूर्ण कुरा हो । लामो समय भइसकेको थियो, दयाहाङका फिल्मले चित्तबुझ्दो व्यापार नगरेको । कति फिल्म त रिलिज भए/नभएको पत्तै नहुने । यसले स्वाभाविक रुपमा उनको करिअर भड्खालोतिर धकेलिरहेको थियो । धन्न, मिस्टर झोले र कान्छीले साख बचाएका छन् । सुपरहिट नभए पनि यी फिल्मले केही नाफा कमाए । मिश्रित प्रतिक्रिया बटुले । जसको पहिलो जस नि:संकोच दयाहाङले नै पाए । अनि, के चाहियो, फिल्म र पारिश्रमिकको गति बढाएका छन् । अर्थात् ‘मौकामा चौका’ हान्ने सिलसिला फेरि सुरु भएको छ ।

प्रकाशित: चैत्र ६, २०७४