गरिब भएरै मर्न पाऊँ

- रुन्चे राइँलो

समृद्धिको नारा बेचेर चुनाव जितेको पार्टीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्‍यो, ‘हामी अल्पविकसित नै रहने । त्यसभन्दा माथि तत्काल नउक्लिने ।’ वाह ! क्या गज्जबको निर्णय ?

गरिब देशको परिचय मेटिएपछि देशमा विदेशी सहायता आउादैन । विदेशी सहायता नआए धेरै एनजीओ बन्द हुनेछन् । एनजीओ बन्द भए पार्टीका धेरै नेता–कार्यकर्ताको जीविका बन्द हुनेछ । अनि, देश उाभो लाग्ने आधारै बााकी रहेन । बरु संयुक्त राष्ट्रसंघमा एउटा निवेदन दर्ता गरौँ, ‘हामी गरिब भएरै मर्न चाहन्छौँ । त्यसभन्दा माथि उक्लिन चाहन्नौँ ।’ 

गरिबी बेचेर विदेशी सहायता भित्र्याउने सरकारको यो निर्णयको ३२ तोपको सलामी दिएर स्वागत गर्नुपर्छ । बरु, यो सोचलाई थप प्रभावकारी बनाउन एनजीओ र पार्टी कार्यकर्ताका हातमा मात्र होइन, घर–घरमा कमन्डलु वितरण गरेर, टोलटोलमा दानपात्र राखेर गरिबीमा आधारित अर्थतन्त्र निर्माण पो गर्ने हो कि, विज्ञ अर्थमन्त्री युवराज खतिवडाज्यू ?

प्रकाशित: चैत्र २, २०७४