सामसुङ ग्यालेक्सी एस नाइन

- नेपाल संवाददाता

सासमुङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइन सार्वजनिक गरेको छ । यो स्मार्टफोन भारतमा यसै महिनाबाट उपलब्ध हुनेछ । तर, नेपालमा कहिले आइपुग्ने त्यो अझै तय भएको छैन । 

एस नाइन ५.९ इञ्चको डिस्प्ले स्क्रिन भएको स्मार्टफोन हो । जसको डिस्प्ले गुणस्तर क्वाड हाई डेफिनेसन (एचडी) प्लसको छ । तर, यसको मुख्य विशेषता क्यामेरा हो । यसमा डुअल रियर क्यामेरा छ, जुन १२ मेगापिक्सेलको छ । यस क्यामेरामा सेलिक्टिभ फोकस फिचर पनि छ । जसको अर्थ तपाईंले फोटो खिच्दा कुनै एक ठाउँमा फोकस गरेर पृष्ठभूमिका वस्तुलाई ब्लर अर्थात् धमिलो बनाउन सक्नुहुनेछ । र, यसको क्यामेराबाट फोरके गुणस्तरमा भिडियो रेकर्ड गर्न सकिन्छ । यसमा सेल्फी क्यामेरा आठ मेगापिक्सेलको हुन्छ । 

सासमुङ ग्यालेक्सी एस नाइन चार जीबी र्‍याम क्षमता भएको स्मार्टफोन हो । र, यसको आन्तरिक क्षमता ६४ जीबीको हुन्छ । एन्ड्रोइड एट अर्थात् ओरियो अपरेटिङ सिस्टममा आधारित हुनु यसको अर्को राम्रो पक्ष हो । किनभने, ओरियो एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम हो । एस नाइन भारतमा ५७ हजार नौ सय भारतीय रुपियाँमा उपलब्ध छ ।

 

प्रकाशित: फाल्गुन २९, २०७४