स्काइप एपमा अपडेट

- नेपाल संवाददाता

एन्ड्रोइड स्मार्टफोनमा स्काइपको एप प्रयोग गर्नेका लागि पछिल्लो अपडेट आएको छ । यो अपडेट विशेषत: ती प्रयोगकर्ताका लागि हो, जो अझै पनि एन्ड्रोइड फोर र फाइभबीचको अपरेटिङ सिस्टम भएको स्मार्टफोन प्रयोग गर्छन् । 

नयाँ अपडेटले स्काइपलाई अझ प्रभावकारी बनाएको छ । यो अपडेटपछि कमजोर इन्टरनेट भएका स्थानमा पनि विनारुकावट स्काइप प्रयोग गर्न मिल्छ । साथै, यसमा भिडियो र अडियो क्वालिटीमा पनि निकै सुधार भएको छ । 

पुराना अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोग गर्नेको जमात अझै ठूलै छ । त्यसैले उनीहरूलाई भिडियो कलिङका लागि स्काइपको विकल्प नखोज्न प्रोत्साहन गर्न यो अपडेट ल्याइएको हो । पुराना अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा कम क्षमताको र्‍याम र आन्तरिक मेमोरी हुन्छ । यो समस्याको समाधानका लागि पछिल्लो अपडेटको स्काइप एपको फाइल साइज पनि घटाइएको छ । त्यसैले यदि तपार्इं एन्ड्रोइडको फोरदेखि फाइभबीचको कुनै अपरेटिङ सिस्टम भएको स्मार्टफोनमा स्काइप प्रयोग गर्नुहुन्छ भने तुरुन्त त्यसलाई अपडेट गर्नुस् ।  

 

प्रकाशित: फाल्गुन २८, २०७४