साम्राज्ञीको असन्तुष्टि

- नेपाल संवाददाता

साम्राज्ञीराज्यलक्ष्मी शाह फिल्म मंगलम्मा काम गर्न राजी भइन् । सर्त थियो, प्रचारात्मक सामग्रीबाट आफूलाई पर राख्नुपर्ने । अतिथि भूमिकामा सीमित जो थिइन् । फिल्म युनिटले साम्राज्ञीको सर्त नस्वीकार्ने कुरै थिएन । तर, पोस्टर सार्वजनिक भएपछि उनको पारो चढ्यो । कारण, नवल नेपाल निर्देशित यस फिल्मको पोस्टरमा उनलाई पनि समावेश गरिएको थियो । त्यति मात्र होइन, ट्रेलरमा समेत उनका दृश्य र संवाद राखियो । जबकि, फिल्ममा मुख्य भूमिका छैन, दर्शकलाई झुक्याएजस्तो मात्र हुन्छ । यसले आफ्नो क्रेजलाई असर पार्ने डर छ उनलाई । सोही कारण फिल्म युनिटसँग दूरी मात्र बढेन, अन्य प्रचारका कार्यमा कतै सहभागी भइनन् । आखिर फिल्म हिट हुँदा फाइदा साम्राज्ञीलाई होइन, शिल्पा पोखरेललाई हुन्छ । प्रमुख चरित्रमा त शिल्पा छिन् । 

 

प्रकाशित: फाल्गुन २८, २०७४