कतै मिलन, कतै विछोड

- लाल कुमाल

यो युधीर थापाको बेस्ट सेलर उपन्यासको नाम होइन । यो त भूपू कमरेड उपेन्द्र यादवको सत्य घटनामा आधारित थ्रिलर हो । उनी वामपन्थीको एकमना सरकारमा उपप्रधानमन्त्री (नपाए मन्त्री नै) हुन खुट्टा उचालिरहेका छन् । संविधान संशोधन आदि–इत्यादिका मुद्दा तपसिलमा भइरहन्छन् । उनको अतृप्त आकांक्षाले वाम गठबन्धनतिर मिलन हुादैछ भने मधेसी गठबन्धनसाग विछोड । एकसाथ एउटा गठबन्धनसाग टुट्ने र अर्को गठबन्धनसाग जोड्ने अद्भुत कला छ उनमा । प्रदेशमा राजपासित सरकार बनाउने, केन्द्रमा वामसाग । यस्तै विरोधाभासी शैलीको अर्को नाम त हो उपेन्द्र यादव । अब उपेन्द्र आफैँले गठबन्धन टुटाए वा केपी ओलीले फुटाए या अमूक कसैले ? ओलीले फुटाएका हुन् भने त्यो सफलता कसको हुन्छ ? यसमा गर्व त पक्कै उपेन्द्रले नै गर्नेछन् । कि कसो ? 

 

प्रकाशित: फाल्गुन २८, २०७४