जोगिएको साख

- नेपाल संवाददाता

श्वेता खड्का अभिनीत फिल्म कोहिनुरले झन्डै १४ करोड रुपियाँ ग्रस कलेक्सन गरेर रेकर्ड राख्यो । तर, फिल्मवृत्तबाटै यसलाई व्यापारभन्दा अभिनेता श्रीकृष्ण श्रेष्ठप्रतिको संवेदनाको रुपमा अथ्र्याए । कारण, कोहिनुर रिलिजको भोलिपल्ट श्रीकृष्णको देहान्त भएको थियो । पति वियोगका साढे तीन वर्ष श्वेता फिल्मबाट टाढा रहिन् । तर, श्वेता सिनेमाबाट पर भाग्न सकिनन् । कान्छी फिल्म बनाउने र खेल्ने घोषणा गरिन् । यही अवधिमा नेपाली फिल्म निर्माणशैलीमा अनेक परिवर्तन देखा परे । त्यसैले कोहिनुरको सफलतालाई कान्छीले निरन्तरता नदिने हो कि भन्ने चिन्ताले गाँजेको थियो । सोही अनुपातमा त होइन, तर ४ फागुनबाट प्रदर्शित कान्छीले साविकका नेपाली फिल्मभन्दा उत्साहजनक व्यापार गर्‍यो । खासगरी सिंगल थिएटरमा फिल्म रुचाइयो । मिश्रित प्रतिक्रिया पायो । अनि श्वेता फुरुंग नपरून् पनि कसरी ? कम्तीमा साख जो जोगिएको छ । 

 

प्रकाशित: फाल्गुन २३, २०७४