उपेन्द्रलाई आपत्

- बब माइला

गाह्रै भो उपेन्द्र यादवलाई । सरकारमा जाऊँ गइसक्नु छैन, बसौँ बाहिर बसिसक्नु छैन । चुनाव किन लडेको, जित्न । किन जितेको, सत्तामा जान । तर, एमालेको विरोधबाजी गरेर भोट सोहोरेपछि नैतिक संकट परेको छ– उसैका अध्यक्षले नेतृत्व गरेको सरकारमा के भन्दै मन्त्री खान जाने ? 

हुन त यो नयाँ नेपालमा नैतिक प्रश्न भन्ने प्रश्नै बाँकी रहेन । जेठको स्थानीय चुनावमा एकअर्काको उछित्तो काढेका एमाले–माओवादी तीन महिनामै एउटै पार्टी बनाउने कसम खालान् भन्ने कसले सोचेको थियो र ! बुँदैबुँदाका सहमतिहरुले चलेको देशमा सायद अब छिट्टै अर्को बुँदे हुनेछ, जसले उपेन्द्रलाई मन्त्री बन्ने बाटो प्रशस्त गर्नेछ । रह्यो कुरो, संविधान संशोधनको । यो त सब भन्ने कुरा न हो । कसो महन्थ ठाकुरज्यू ?

प्रकाशित: फाल्गुन २३, २०७४