'नेपाल'को सम्पादकीय नेतृत्वमा हेरफेर
- कान्तिपुर पब्लिकेसन्स सञ्चालक समितिले नेपाल राष्ट्रिय साप्ताहिकको प्रधान सम्पादक पदमा सुधीर शर्मालाई नियुक्त गरेको छ । शर्मा कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारीमा समेत छन् ।
कान्तिपुर पब्लिकेसन्स सञ्चालक समितिले नेपाल राष्ट्रिय साप्ताहिकको प्रधान सम्पादक पदमा सुधीर शर्मालाई नियुक्त गरेको छ । शर्मा कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारीमा समेत छन् ।
नेपाल पत्रिकाका निवर्तमान प्रधान सम्पादक प्रशान्त अर्याल कान्तिपुर मिडिया ग्रुपअन्तर्गतकै कान्तिपुर टेलिभिजन नेटवर्कको प्रधान सम्पादकमा नियुक्त भएका छन् । उनले नेपालको १० वर्ष लामो सफल सम्पादकीय नेतृत्व गरेकोमा हामी आभारी छौँ ।
यसैगरी नेपाल पत्रिकाको सहायक सम्पादक पदमा बसन्त बस्नेत नियुक्त भएका छन् । उनी यसअघि कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्टलगायत सञ्चार माध्यमसँग आबद्ध थिए ।