जियोनीको अर्को स्मार्टफोन

- नेपाल संवाददाता

जियोनीले नेपालमा फेरि अर्को स्मार्टफोन ल्याएको छ, जियोनी एस–११ लाइट । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा २५ हजार नौ सय ९० रुपियाँ पर्छ । एस–११ लाइट एन्ड्रोइडको ७.१ नौगट अपरेटिङ सिस्टममा आधारित स्मार्टफोन हो ।

यसमा डुअल क्यामेरा टेक्नोलोजी प्रयोग भएको छ । यो स्मार्टफोनमा १३ र दुई गरी दुईवटा रियर क्यामेरा छन्, जसबाट गुणस्तरीय फोटो वा भिडियो लिन सकिन्छ । र, यो नै यस स्मार्टफोनको मुख्य विशेषता हो । सेल्फीका लागि यसमा १६ मेगापिक्सेलको छुट्टै क्यामेरा पनि छ ।

जियोनी एस–११ लाइट प्राइम चार जीबी र्‍याम क्षमता भएको स्मार्टफोन हो । यसको आन्तरिक स्टोरेज क्षमता ३२ जीबीको छ । र, यसमा ५.७ इन्चको डिस्प्ले स्क्रिन छ । ३ हजार ३० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टफोन गोल्ड, डार्क ब्लु र ब्ल्याक गरी तीन फरक रङमा उपलब्ध छ ।

प्रकाशित: फाल्गुन २०, २०७४