केपी–राधिका भ्यालेन्टाइन्स

- सूर्जे नेवा:

हाम्रा प्रधानमन्त्री चन्द्रागिरि नगरपालिकाको इन्द्रदह पुगेछन् बहुत रोमान्टिक मुडमा । खुला आकाश, सुन्दर दृश्य र मनमोहक वातावरणबीच उनले पत्नी राधिकालाई गुराँसको फूल दिएछन् । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेमा उनी प्रचण्डसँग डिपलभमा थिए । त्यसैले उनले त्यसबेला पत्नी राधिकालाई सम्झनसम्म पनि भ्याएनन् । तर, उनले फेब्रुअरी २० को दिनलाई भ्यालेन्टाइन्स डेको रुपमा मनाए । लौ मन्त्रिपरिषद्को आगामी बैठकले आफ्नै प्रधानमन्त्रीको रोमान्टिक मुड चलेको दिनलाई प्रणय दिवस मनाउने उर्दी जारी गरोस् । 

प्रकाशित: फाल्गुन १७, २०७४