लिमिटेड एडिसनमा ओप्पो एफ फाइभ

- नेपाल संवाददाता

ओप्पोको एफ फाइभ स्मार्टफोनको लिमिटेड एडिसन नेपालमा पनि आएको छ । झन्डै ३६ हजार ५ सय रुपियाँमा उपलब्ध छ । हुन त एफ फाइभ केही महिनाअघि नै नेपालमा लन्च भएको हो । तर, लिमिटेड एडिसनमा यो स्मार्टफोन हेर्दै आकर्षक देखिने ड्यासिङ ब्लु कलरमा आएको हो । 

नीलो रङको ब्याकप्याकबाहेक यसका फिचरहरुमा कुनै परिवर्तन छैन । यो स्मार्टफोन फुल हाई डेफिनेसन (एचडी) प्लस डिस्प्ले भएको ओप्पोको पहिलो स्मार्टफोन हो । यसमा फिङ्गरप्रिन्ट र फेस–अनलक दुवै फिचर छन् । 

ओप्पो एफ फाइभमा चार जीबी र्‍याम र ३२ जीबी आन्तरिक स्टोरेज क्षमता छ । र, यो एन्ड्रोइडको ७.१ अपरेटिङ सिस्टममा आधारित छ । यसमा २० मेगापिक्सेलको सेल्फी र १६ मेगापिक्सेलको रियर क्यामेरा छन् । फ्रन्ट क्यामेराबाट कम लाइट भएको समयमा पनि राम्रो फोटो खिच्न सकिन्छ । र, यसको सेल्फी क्यामेरामा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग भएको छ, जसले सेल्फीलाई अझ सुन्दर बनाउँछ ।

 

प्रकाशित: फाल्गुन १६, २०७४