प्रचारमा पूरै बेवास्ता

- नेपाल संवाददाता

कुनै समय थियो, सौगात मल्ल अभिनीत फिल्मको व्यग्र प्रतीक्षा गरिन्थ्यो । उनको जीवन्त अभिनय हेर्न जोकोही लालायित हुन्थे तर अहिले जमाना बदलिएको छ । सौगातका फिल्म आए/गएको पत्तै हुन छोडेको छ, जब थोकको भाउमा फिल्म खेल्न थाले । यस वर्ष उनी अभिनीत फाटेको जुत्ता, संरक्षण, लालपुर्जा प्रदर्शन भए । तर न पैसा कमाए, न अपेक्षाकृत प्रशंसा । बरु, उस्तै भूमिका निर्वाह गरेको भन्दै सौगातले आलोचना खेप्नु पर्‍यो । तापनि, पाएजति फिल्म खेल्ने सूत्रलाई पछ्याइरहेका छन् । यही मेसोमा उनको नयाँ फिल्म पञ्चेबाजा रिलिज भएको छ । तर, सदाझैँ प्रचारमा कहीँकतै देखिएनन् । जबकि, फिल्मको सबैभन्दा बिकाउ अनुहार उनी नै थिए । एक फिल्मकर्मी भन्छन्, ‘यस्तो रवैयाले अन्तत: सौगातलाई नै पाखा लगाउँछ ।’ 

 

प्रकाशित: फाल्गुन १६, २०७४