मुख्यमन्त्रीको बलिदानी

- रुन्चे राइँलो

सात प्रदेशमा सात मुख्यमन्त्री चुनिए । तर, यो मुलुकले जम्माजम्मी एक जना बलिदानी मुख्यमन्त्री पायो, प्रदेश–७ का महेन्द्रबहादुर शाही । नपत्याए उनको सरकारी निवास प्रवेशको दृश्य हेर्नूस् । उनले कालो बोको खोजीखोजी बलि चढाए अनि बल्ल निवास प्रवेश गरे ।  

सशस्त्र संघर्षको पृष्ठभूमिले मात्र उनको बलिदानीको परिचय दिन सक्दैनथ्यो । यसैले आफ्नो बलिदानी पौरख उनले यसपटक देखाए । मान्छेहरु भन्छन्, कम्युनिस्ट भएर बलि चढाउने ? उनीहरुलाई के थाहा, बलि चढाइरहँदा माननीय मुख्यमन्त्रीले माक्र्सवाद र माओवादकै मन्त्र जपिरहेको कुरा । 

प्रकाशित: फाल्गुन १६, २०७४