स्क्रिनसटको नोटिफिकेसन

- नेपाल संवाददाता

इन्स्टाग्राममा अरुको स्टोरी स्क्रिनसट लिने वा स्क्रिन रेकर्ड कत्तिको गर्नुभएको छ ? यस्तो गर्ने बानी छ भने अबदेखि त्यसो नगर्नु नै तपार्इंका लागि राम्रो होला । किनभने, तपार्इंले जसको स्क्रिनसट वा स्क्रिन रेकर्ड गर्नुहुन्छ, उसलाई त्यसबारे एउटा नोटिफिकेसन जान्छ । 

स्क्रिनसट नोटिफिकेसन फिचर हालका लागि भने परीक्षणकालमै छ । तर, यो फिचर छिट्टै नै सबैले प्रयोग गर्न पाउनेछन् । स्न्यापच्याटका कैयौँ राम्रा फिचर फेसबुकले इन्स्टाग्राममा ल्याएको आरोप लाग्दै आएको छ । आश्चर्यमा नपर्नूस्, यो फिचर पनि पहिला स्न्यापच्याटमै आएको हो, जसलाई धेरै प्रयोगकर्ताले मन पराएका छन् । 

आफ्ना इन्स्टाग्राम स्टोरी स्क्रिनसट लिएको वा स्क्रिन रेकर्ड गरेको थाहा पाउनका लागि पहिला त्यो स्टोरी हेर्नेहरुको सूचीमा जानुपर्छ । त्यस सूचीमा कुनै प्रयोगकर्ताको नामको छेउमा छुट्टै गोलो आकारको आइकन देख्नुभयो भने बुझ्नूस्, उसले तपार्इंको इन्स्टाग्राम स्टोरीको स्क्रिनसट वा स्क्रिन 

रेकर्ड गरेको छ ।

प्रकाशित: फाल्गुन १५, २०७४