अर्को चोट

- नेपाल संवाददाता

लोफरबाट फिल्मी यात्रा सुरु गर्दा रजनी केसीलाई भविष्यकी स्टारका रुपमा हेरिएको थियो । छविराज ओझाको ब्यानरमा रेखा थापालाई विस्थापित जो गरेकी थिइन् । तर, जसै फिल्म रिलिज भयो, न निर्माताको गोजी भरियो, न दर्शकलाई रिझायो । परिणाम: ओझा क्याम्पमा शिल्पा पोखरेलको प्रवेश भयो, रजनी ‘आउट’ भइन् । त्यसपछि उनका ब्रास्लेट र परदेशी प्रदर्शन भए । तर, उनको करिअर उकासिएन । यही नियतिलाई निरन्तरता दिएको छ, फिल्म पटुकीले । १९ माघमा प्रदर्शित यस फिल्मले सुरुआती दिनबाटै दर्शकको खडेरी सामना गर्नुपर्‍यो । बिनाप्रचार–प्रसार रिलिज भएकाले पनि धेरैले पत्तै पाएनन् । जसको पहिलो अपजस रजनीको थाप्लोमा परेको छ । कारण, पटुकीमा उनीबाहेक चिनिएका अरु कलाकार छैनन् ।

प्रकाशित: फाल्गुन २, २०७४