होन्डाको डर्ट बाइक

- नेपाल संवाददाता

नेपालमा होन्डाको अल न्यु एक्सआर–१९० एल लन्च भएको छ । नेपाली बजारमा आएको यो होन्डाको नयाँ डर्ट बाइक हो । यसअघि होन्डाकै एक्सआर–१५० एलले पनि नेपालमा राम्रै बजार ओगटेको थियो । जसलाई नेपालमा सबैभन्दा बढी बिकेको डर्ट बाइक भनेर दाबी पनि गरिएको छ ।

यो डर्ट बाइकमा १ सय ८४ सीसीको सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले १४.८८ ब्रेक हर्सपावरको अधिकतम शक्ति निकाल्छ । पावर र परफमेन्सको राम्रो संगम नै यो डर्ट बाइकको सकारात्मक पक्ष हो । यसले ३० देखि ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरिएको छ । डर्ट बाइकका लागि यत्तिको माइलेज राम्रै मानिन्छ ।

पाँच गियर रहेको यो बाइकमा १२ लिटर क्षमताको फ्युल ट्यांक छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स २ सय ४५ मिलिमिटरको छ । र, नेपालमा यो बाइकको मूल्य ५ लाख ७० हजार रुपियाँ तोकिएको छ ।

प्रकाशित: फाल्गुन १, २०७४