बक्सर नम्रता

- नेपाल संवाददाता

बितेको वर्ष नम्रता श्रेष्ठले आधा दर्जन अवार्डमा कब्जा जमाइन्, फिल्म क्लासिकको जीवन्त अभिनयबाट । त्यसयता प्रदर्शन भएका होमवर्क र पर्वले चाहिँ कमाल गर्न सकेनन् । उनकै अभिनयले समेत प्रशंसा पाएन । अरु फिल्ममा काम गरिनन् । सोही कारण एक वर्षयता नम्रता ओझेलमा परेको आभास गरियो । बल्ल भेउ पाइँदैछ, यो समयमा त उनी नयाँ फिल्मको गृहकार्यमा जुटेकी रहिछन् । जाइरा नाम दिइएको फिल्ममा नम्रतालाई बक्सिङ खेलाडीका रुपमा देख्न पाइनेछ । भूमिकाकै लागि यतिबेला बक्सिङ सिकिरहेकी छन् । प्राय: शालीन चरित्रमा रमाएकी नम्रताको बक्सिङ अवतार कस्तो हुनेछ ? हेर्न बाँकी छ । फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गर्दैछन् । अनि, नम्रता आफैँ पनि लगानीकर्तामध्ये एक हुन् ।

प्रकाशित: फाल्गुन १, २०७४