पञ्चायत कुर्दै

- नेपाल संवाददाता

जब प्रेमी आमेश भण्डारीसँग रोमान्स गरेको फूलैफूलको मौसम तिमीलाई फ्लप भयो, हिरोइन नीता ढुंगानाको जीवनमा एकपछि अर्को सकस आइलाग्यो । आमेशसँगको सम्बन्ध तुहियो । करिअर पनि ओरालो लाग्यो । त्यसयता उनी अभिनीत फिल्मले सफलताको स्वाद चाख्न पाएका छैनन् । निखिल उप्रेतीसँग स्क्रिन सेयर गरेको निर्भयको व्यापार पनि उल्लेखनीय भएन । जसको सीधा प्रभाव नीतामा देखा पर्‍यो । यसरी किनारामा लाग्दै गरेकी यी हिरोइनको नयाँ फिल्म प्रदर्शनका लागि तयार भएको छ, पञ्चायत । तैपनि, नीताको मुहारमा मुस्कान देखिन गाह्रै पर्लाजस्तो छ । कारण, युट्युबमा ट्रेलरले चार दिनमा एक लाख पनि भ्युज पाएन । अर्कातिर निर्माण पक्षसँग उनको खटपट छ । शुभ संकेत हो र यो !

प्रकाशित: माघ २९, २०७४