सामसुङको नयाँ ट्याब

- नेपाल संवाददाता

नेपाली बजारमा सामसुङको नयाँ ट्याबलेट ए ७.० भित्रिएको छ । र, यसको मूल्य १५ हजार ९ सय रुपियाँ छ । नेपालमा यो ट्याबलेट कालो र सेतो गरी जम्मा दुई रङमा उपलब्ध छ ।

ग्यालेक्सी ट्याब ए ७.० सात इन्चको डिस्प्ले स्क्रिन भएको ट्याबलेट हो । यसमा १.५ जीबीको र्‍याम छ । र, यसको आन्तरिक मेमोरीको क्षमता आठ जीबी छ । यो ट्याबमा दुई सय जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

यसका रियर र फ्रन्ट क्यामेरा भने पाँच र दुई मेगापिक्सेलका छन् । यसमा चार हजार एमएएच क्षमताको ब्याट्री छ । र, यसले करिब नौ घन्टासम्मको ब्याकअप दिन्छ । राम्रो डिस्प्ले र ब्याट्री व्याकअप भएका कारण यसलाई निरन्तर मनोरञ्जनको साधन पनि भनिएको छ । यो ट्याबलेटमा फोरजी सिमकार्डको पनि प्रयोग गर्न मिल्छ । कम मूल्यका ट्याबलेट खोज्नेहरुका लागि यो उपयुक्त रोजाइ हुन सक्छ ।

प्रकाशित: माघ २८, २०७४