बल्ल निखिलको क्याम्पबाहिर

- नेपाल संवाददाता

सारा शिर्पाली अभिनीत दुई फिल्म प्रदर्शन भए, रुद्र र पिञ्जडा ब्याक अगेन । दुवै फिल्म बक्स अफिसमा चिप्लिए । दुवै फिल्ममा उनको अपोजिटमा थिए, निखिल उप्रेती । सोही कारण फिल्म सिंगल थिएटरमा खुम्चियो । साराको छवि पनि सिंगल थिएटरकी हिरोइनका रुपमा सीमित भयो । खुसीको कुराचाहिँ दुवै फिल्ममा उनको अभिनयले प्रशंसा पायो । सुन्दर मुहारले दर्शकको मन त्यत्तिकै जित्यो । तैपनि, सवाल उठेको थियो, निखिल क्याम्पभन्दा माथि उठ्लिन् ? किनभने, यसबीचमा उनले अन्य ब्यानरका फिल्मसँग सहकार्य गरेको देखिएन । तर, अब फिल्म छनोटको सवालमा एक पाइला अगाडि बढेकी छन् । उनलाई सुब्रत आचार्यको निर्देशन रहने फिल्म सुश्री सम्पत्तिमा देख्न पाइने भएको छ । फिल्ममा उनले सलोन बस्नेत र विनोद न्यौपानेसँग रोमान्स गर्नेछिन् । 

 

प्रकाशित: माघ २४, २०७४