सत्यको पर्खाइ

- नेपाल संवाददाता

गायकबाट नायक बनेका अधिकांशले सफलताको स्वाद चाख्न पाएका छन् । यशकुमार, बाबु बोगटी, निमा रुम्बा, कोसिस क्षत्री आदि उदाहरण हुन् । यही छाँटकाँट देखिएको थियो, सत्यराज आचार्यको सवालमा पनि । सुमधुर स्वरका धनी यी गायकले प्रशान्त रसाइली अभिनीत आचार्यमार्फत फिल्ममा फड्को मारे । सकारात्मक समीक्षात्मक प्रतिक्रिया पायो । तर, व्यावसायिक रुपमा सफल हुन सकेन । उनी अभिनीत अर्को फिल्म कर्कशले पनि खास कमाल गरेन । बरु, गायनमा लोकप्रियता चुमिरहेका थिए । र पनि, अभिनयलाई ‘बाईबाई’ गर्ने मनस्थितिमा पुगेका छैनन् उनी । यसको प्रमाण हो, फिल्म साढे सात । ११ फागुनमा रिलिज हुने यस फिल्ममा उनी फोटो पत्रकारको भूमिकामा छन् । यसपटक सफलताको स्वाद चाख्न पाउलान् त ?

प्रकाशित: माघ २३, २०७४