नवनायकको क्रेज

- नेपाल संवाददाता

आकाश श्रेष्ठको पहिलो फिल्म म त तिम्रै हुँ व्यावसायिक रुपमा असफल भयो नै, उनकै कामले समेत स्याबासी पाएन । पहिलो गाँसमै ढुंगा परे पनि आकाशको करिअर रोकिएन, बरु फलदायी प्रतीत भयो । किनभने, चकलेटी लुक्सका धनी आकाशलाई फिल्मको ओइरो लाग्न थालेको छ । साम्राज्ञीराज्यलक्ष्मी शाहको अपोजिटमा काम गरेको तिमीसँग प्रदर्शनका लागि तयार भएको छ । अर्को फिल्म ड्रिम गर्ल पोस्ट प्रोडक्सनका क्रममा छ । र पनि, आकाशले रामकहानी नामक फिल्ममा शीर्ष भूमिका पाएका छन् । जसलाई निर्देशन गर्दैछन्, सुदर्शन थापाले । पल शाहसँग कुरा नमिलेपछि यो फिल्ममा आकाशलाई लिइएको हो । खासमा अनमोल केसी, प्रदीप खड्का र पलपछि चकलेटी भूमिकाको रोजाइमा आकाश पर्न थालेका छन् । तर, फिल्म रिलिजपश्चात् पनि यो व्यस्तता कायम होला त ?

प्रतीक्षा त्यसकै छ ।

प्रकाशित: माघ १७, २०७४