काठमा कमाल

- एलपी देवकोटा

जुम्लाको हिमा गाउँपालिका–४, चिउडीमा रहेको काठेपुल । यो पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनेको छ । जुम्ला सदरमुकाम खलंगा पुग्नका लागि साबिकको महावैपातर खोलादेखि रारालिही गाउँसम्म जोड्नका 

लागि विसं ०५७ मा यो पुल स्थानीय आफँैले बनाएका हुन् । पुल बनिसकेपछि यसलाई थप आकर्षक बनाउन चिउडी गाउँका कालीबहादुर तिरुवा, ५३, ले पुलमा काठका मूर्ति बनाएका हुन् । दिवंगत राजारानी वीरेन्द्र र ऐश्वर्य शाहलगायत सुरक्षाकर्मीहरुको काठबाट बनेका सालिकहरु आकर्षक लाग्छन् । सालिकमा चिउडी गाउँकै मणिप्रसाद अधिकारीले रंग भरेका हुन् । रारा जाने आन्तरिक र बाह्य पर्यटकहरुले काठेपुल पुगेपछि ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राख्न थालेका छन् । 

प्रकाशित: माघ १०, २०७४