भो, चाहिएन नयाँ

- रुन्चे राइँलो

भत्केका संरचना पुरानै शैलीमा पुन:निर्माण गर्ने अभियान चलेको छ, देशमा । यो सर ाहनीय छ । तर, भौतिक संरचना मात्रै पुरानो शैलीमा निर्माण गरेर हाम्रो सम्पदाको संरक्षण हुने छैन । हाम्रा आनीबानी, व्यवहार पनि हाम्रा सम्पत्ति हुन् । शासन–प्रशासनको शैली संसारमै उदाहरणीय छन् । त्यसैले ती सबै पुरानै तरिकाले चलाऔँ । नयाँ निर्वाचन गरौँ, सरकार पुरानैबाट चलाऔँ । कागजमा संघीयता कोरौँ, शासन पुरानै संरचनामा चलाऔँ । अधिकार स्थानीय सरकारलाई दिऔँ, काम पुरानै कर्मचारीतन्त्रबाट चलाऔँ । भाइ–भारदारलाई पोस्ने चलन जोगाई जहाानियाँ शैली पुन:स्थापित गरौँ । उस्तै परे प्रधानमन्त्री कार्यालय नै पुरातफ्व विभागलाई जिम्मा लगाऔँ । र, देशै पुरानो शैलीमा काम चलाऔँ । भो, चाहिएन नयाँ नेपाल !

प्रकाशित: माघ ४, २०७४