बहुविकल्प चाहियो

- भर्जिन ब्वाय

कमरेड प्रचण्डले ओली कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै एक रोज्ने विकल्प दिएछन् । बहुमत प्राप्त पार्टीका लोकप्रिय नेताका लागि बहुविकल्प हुनुपर्दैन ? औपचारिक बैठक बस्नुअघि कानेखुसीमा प्रचण्डलाई भर्जिन ब्वाय भन्न चाहन्छ– चुनाव चरणबद्ध गर्न मिल्ने, विकल्पचाहिँ एकपटकमा एउटा मात्र रोज्ने पनि कहीँ हुन्छ ?

कम्तीमा दुई चरणीय विकल्प दिनूस् । पहिलो चरण : १. प्रधानमन्त्री, २. उपप्रधानमन्त्री, ३. दुवै होइन । दोस्रो चरण : १. पार्टी अध्यक्ष, २. सहअध्यक्ष, ३. दुवै होइन ।  जनमतप्राप्त पहिलो पार्टी–प्रमुख ओली कमरेडले नि:सन्देह एक नम्बरी विकल्पमा रेजा लाउनुहुन्छ ।

प्रकाशित: माघ २, २०७४