चुलबुले पाठो फन्दामा

- छम गुरुङ

उत्तरी गोरखा, धार्चे गाउँपालिका–४, लाप्राक गाउँको ढुङ्गेचौतारामा भेडीगोठको खाँबोमा कुम्लोमा झुन्ड्याइएको एक पाठो । चकचक गरेर हैरान पार्ने हुनाले यस्ता ससाना पाठापाठीलाई यसरी कुम्लोमा राख्ने जुक्ति निकाल्छन्, स्थानीयहरु ।

लेकदेखि औल झर्दा सयौँ भेडा, बाख्रा, च्याङ्ग्रा र पाठापाठी लिएर गोठालाहरु उकाली–ओराली गर्छन् । यस्तो बेला ससाना पाठा–पाठीलाई सम्हाल्नै गाह्रो पर्छ । पशुपालन पनि यहाँका बासिन्दाको आय आर्जनको मुख्य स्रोत हो । तर, गाउँलेहरुमा विदेसिने लहर बढेका कारण गोठालोको संख्या भने घट्दो छ । 

प्रकाशित: पुस २७, २०७४