प्रियंकाको व्यस्तता

- नेपाल संवाददाता

धेरै फिल्म खेल्ने कि राम्रा फिल्म खेल्ने ? कलाकारको आ–आफ्नै दृष्टिकोण होला । तर, संख्यात्मक वृद्धि मात्र हुँदा कलाकारको साख धुमिलिनेमा शंकै छैन । निखिल उप्रेती, विराज भट्टदेखि सौगात मल्लसम्म यसका उदाहरण हुन् । तर, नायिका प्रियंका कार्कीलाई भने यो यथार्थको वास्तै छैन । त्यसो नहुँदो हो त, महिनैपिच्छै नयाँ–नयाँ फिल्म खेल्दैन थिइन् होला । पत्यार नलाग्ला । तर, सत्य हो कि उनी अभिनीत सात फिल्म प्रदर्शन हुन बाँकी छन्, अनागत, बटरफ्लाई, ह्याप्पी डेज, कथा काठमाडौँ, लिलीबिली, शत्रुगते र कोहलपुर एक्सप्रेस । हाम्रोजस्तो सानो फिल्म उद्योगमा एउटै कलाकारका यति धेरै फिल्म प्रदर्शनको पर्खाइमा हुनु सकारात्मक कुरा होइन । दर्शक नै झुक्किने डर हुन्छ । तर, कसको के लाग्छ, प्रियंका आफैँले पाएजति फिल्म खेल्ने सूत्र शिरोपर गरेपछि । 

 

प्रकाशित: पुस २६, २०७४