अस्ट्रेलियाई प्रधानमन्त्रीलाई सुझाव

- छुल्याहा गुरु

लाइफ ज्याकेटबिना डुंगामा सवार भएको कसुरमा अस्ट्र्ेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुललाई २ सय ५० डलर जरिवाना गराइएछ । हरे निरंकुशतन्त्र ! प्रधानमन्त्रीजस्तो व्यक्तिलाई त्यस्तो झिनो निहँुमा दु:ख दिएकामा साह्रै चुकचुक लागिरहेको छ । बिचरा ! कस्तो देशमा जन्म लिएका रहेछन्, आफूखुसी गर्न पनि नपाइने ! जाबो लाइफ ज्याकेट नलगाएकामा प्रशासनलाई किन टाउको दुखेको होला ? त्यस्तो क्रूर शासन भएको देशमा के बस्नू ? बरु, आउनूस् हाम्रो देशमा । यहाँ जताततै, हरेक कुरामा स्वतन्त्रता छ । यहाँको सडकमा बेतोडले गाडी हाँक्न सक्नुहुन्छ तपाईं, ट्राफिक नियम पालना गर्नुपर्दैन । अझ सके त एक–दुई जनालाई ठक्कर दिएर जान सके तपाईंको सानै बेग्लै हुन्छ । सरकारी गाडी निजी कामका लागि जति सक्नुहुन्छ, कुदाउन पाउनुहुन्छ । अझ मजा त के भने चुनाव नजिते पनि प्रधानमन्त्री हुन र कामचलाउ भएरै पनि महिनौँ शासनसत्ता चलाउन पाइन्छ । त्यसैले यतै आउनूस्, ढुक्कसँग बस्नूस् ! 

प्रकाशित: पुस २६, २०७४