फेरि पत्तासाफ

- नेपाल संवाददाता

ड्रिम्स हिट भयो । तर, यही फिल्मबाट अभिनय यात्रा थालनी गरेकी सन्ध्या केसीलाई रत्तिभर फाइदा भएन । कारण, उनी चटपटे भूमिकामा सीमित थिइन् । सायद २ बाट अन्तिम समयमा निकालिनु पर्‍यो । यही बेला केही आशा बोकेर आएको थियो, फिल्म ह्याप्पी न्यु इयरले । अस्ट्रेलियामा सुटिङ भएको यस फिल्मकी एकल हिरोइन थिइन् उनी । त्यसैले उत्साहको ग्राफ अझ चुलिएको थियो । तर, जसै फिल्म रिलिज भयो, सन्ध्याले सन्तोषको श्वास फेर्न पाइनन् । १४ पुसबाट प्रदर्शित यस फिल्मले न प्रशंसा कमायो, न पैसा । सन्ध्या स्वयं दर्शकमाझ ‘मार्क’ हुन सकिनन् । एकातिर, रिलिज भएको फिल्म पत्तासाफ भयो, अर्कातिर सुटिङ सकिएको कमलेको बिहेको प्रदर्शनको पत्तो छैन । अरु फिल्म हातमा छैन अनि परेन त फसाद !

प्रकाशित: पुस २५, २०७४